चोरीको मोटरसाइकलसहित एक पक्राउ

चोरीको मोटरसाइकलसहित एक पक्राउ

प्रहरीले  एक वटा चोरीको मोटरसाइकलसहित तीन एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले चोरी भएको बा.७८ प ४८२० नम्बरको मोटरसाइकल सहित चालक काठमाडौं बसुन्धार बस्ने दोलखा देउराली गाउँपालिका-८ का २२ वर्षीय मोहनलाल श्रेष्ठलाई बिहीबार बिहान पक्राउ गरेको हाे ।

३ जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा २ जनाले चेकिङमा रहेका प्रहरी कर्माचारीलाई हेल्मेट प्रहार गरी फरार भएका थिए । साथै चालक श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएको हो ।

फरार २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.