यार्सागुम्बा चोरी गर्न छिरेका २० तस्कर पक्राउ

यार्सागुम्बा चोरी गर्न छिरेका २० तस्कर पक्राउ

हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनबाट अबैधरुपमा यार्सागुम्बा चोरी गर्न पाटन छिरेका २० जना तस्करलाई प्रहरीले पक्राउ गरेकाे छ ।

 शे–फोक्सुन्डो राष्ट्रियनिकुञ्जमा पर्ने ढाढाचौर यार्सापाटनबाट ४ महिलासहित २० जना तस्करलाई पक्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादवले जानकारी दिए। उनीहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुम्ला जिल्ला जिल्ला गोठिचौर गाउँपालिका २ बस्ने सुर्य बोहोरा, बलीबहादुर बोहोरा, एकराज बुढा, मुनबिर बुढा, खुम बोहोरा, मानबहादुर ऐडी, खड्क बोहोरा, कमलबुढा, दलबहादुर थापा, सुशिला देबी बुढा, कर्ण बुढा १ बस्ने जुनबहादुर महतारा, कबिता महतारा, सृजना ऐडी, शुसिला बस्नेत, तातोपानी गाउँपालिका ८ बस्ने कालीबहादुर थापा, तप्तबहादुर थापा, जनक थापा,निसान थापा,पातारासी गाउँपालिका ५ कागोर्खबुढा रहेका छन्। पक्राउ परेका सबै स्थानीय रहेको  शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाकारी दिएको छ।

पक्राउ परेको टोलीबाट १५० वटा यार्सागुम्बा, नगत २ लाख ८१ हजार, कुटो १८ वटा, हँसिया १ वटा, मोबाइल लगायतका सामानहरु बरामत गरिएको निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिए। पक्राउ परेका ब्यक्तिमाथि आवाश्यक अनुसन्धान भइरहेको बताइएको छ।

उनिहरु यार्सापाटन खुला गर्ने समय अगावै अबैध रुपमा चोरी तस्करी गर्ने उद्येश्यले पाटनमा छिरेको पाइएकाले उनिहरुलाइ पक्राउ गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। जिल्ला स्थित सरोकारवाला निकायको बैठकले १३ जेठमा मात्रै डोल्पाका सम्पुर्ण यार्सागुम्बा पाटन खोल्ने निर्णय गरेकाले पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्येश्यले यार्सापाटन छिर्ने जोकोहीलाइ पक्राउ गरेर कारवाही गरिने निकुञ्जको भनाइ छ।

यार्सागुम्बा संकल नगर्ने समय नजिकिँदै गएकाले निकुञ्ज क्षेत्र भित्रका यार्सापाटनमा चोरी शिकारी बड्नसक्ने भन्दै सेना र निकुञ्जका कर्मचारीको गस्ती टोली बिभिन्न नाका र यार्सापाटनमा खटिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.