गर-गहना लुटपाट गरेको अभियोगमा दुई पक्राउ

गर-गहना लुटपाट गरेको अभियोगमा दुई पक्राउ

दक्षिण पर्वतमा घरमा कोही नभएको मौका पारी चोरी तथा लुटपाट कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान चोरी गर्ने कार्यमा संलग्न पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम रानालाई इलाका प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरीले उक्त गर गहना अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.