नगद तथा सुन चाँदीका गर-गहना चोरी

नगद तथा सुन चाँदीका गर-गहना चोरी

काठमाडौंकाे नागार्जुन नगरपालिका-२ गैह्री गाँउस्थित खुम बहादुर बैदवारको घर तथा सोही घरमा डरा गरी बस्नेहरुको कोठाबाट सुन तथा चाँदीका विभिन्न गहना र नगद समेत गरी करिब ६ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

चोरी भएकामध्ये खुम बहादुरको घरबाट ४ तोला सुनका गहना र नगद ७० हजार रुपैयाँ तथा डेरा गरी बस्नेहरु धादिङका ३६ वर्षीय रमेश लुईटेलको कोठाबाट सुनका गहना ४ तोला, चाँदीका गहना ६ तोला, नगद ५५ हजार रुपैयाँ तथा सर्लाहीका ३० वर्षीय मिनु घलानको कोठाबाट नगद ५ हजार रुपैयाँ र सिन्धुलीका फुन बहादुर रनौलीको कोठाबाट चाँदीको पाउ चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.