सुनका गर गहना चोरी गर्ने पक्राउ

सुनका गर गहना चोरी गर्ने पक्राउ

सुनका गर गहना चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

ईनरुवा नगरपालिका-१ स्थित नागमणी ज्वेलर्स र जयदुर्गा ज्वेलर्सबाट सुनका गहनाहरु चोरी गरेको अभियोगमा ईनरुवा नगरपालिका-९ बस्ने २१ वर्षीय आशिक आलमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त ज्वेलर्सबाट सुनका गहनाहरु चोरी गरी व्यक्ति फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा आलमलाई नियन्त्रणमा लिई उनको घर तलासी गर्दा चोरी गरेको उक्त सुनका गहनाहरु २ थान फेला पारेको हो ।

प्रहरीले सुनसरी जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.