काठमाडौँबाट पूर्वका लागि छुटेको रात्रीबस लुटियो

काठमाडौँबाट पूर्वका लागि छुटेको रात्रीबस लुटियो

काठमाडौँबाट पूर्वका लागि छुटेको रात्रीबसमा शुक्रवार बिहान पूर्व–पश्चिम राजमार्गको निजगढ र पथलैयाबीचको १३ किलोमिटरमा लुटपाट भएको छ ।

लुटेराहरुको समूहले काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको ना ७ ख २७९० नम्बरको बसमा  लुटपाट गरेका हुन् ।

प्रहरीका अनुसार नम्बर नखुलेको स्कारपियो र ४/५ वटा मोटरसाइकलमा आएका ६/७ जनाले सडक अवरोध गरी चालकलाई कुटपिट गरी सहचालकसँग ४५ हजार नगद र मोबाइल सेट लुटेका छन् ।

घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमान्डमा गएको टोलीले लुटेरामध्ये एक जनालाई पक्राउ गरेको छ । अन्य फरारहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.