काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी 

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी 

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी भएको छ ।

काठमाडौं,बुढानिलकण्ठ नगरपालिका-८ भंगालस्थित आर्दश कोलोनीमा स्मृति आचार्यको निर्माणाधिन घरबाट नगद १ लाख र मोबाइल १ थान समेत गरी करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

ललितपुर महानगरपालिका-१४ नखिपोट डेरा गरी बस्ने श्याम सुन्दर पौडेलको कोठाबाट नगद ५० हजार रुपैयाँ, सुन तथा चाँदीका गरगहनाहरु समेत गरी करिब ३ लाख १ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका लुभु सिस्नेरी बस्ने अनिता गौतमको घरबाट नगद १ लाख १२ हजार रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ६ लाख २१ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.