मोटरसाइकल चोरीमा संलग्न २ पक्राउ

मोटरसाइकल चोरीमा संलग्न २ पक्राउ

मोटरसाइकल चोरीमा संलग्न २ जनालाई रुकुम पश्चिमबाट प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले रुकुम पश्चिम मुसकोट नगरपलिका ६ डाङडुङगे बस्ने २२ वर्षीय मुकेश रावल र १९ वर्षीय वसन्त रावललाई पक्राउ गरेकाे हाे ।

जेठ ९ गते राति त्रिबेणी गाउँपालिका ६ माथिल्लो खारास्थित मनबहादुर घर्ती मगरको पार्किङ गरी राखेको भे.८प.९४१ नं. को पल्सर मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएको निवेदनपछि प्रहरीले अनुसन्धान गर्दा चोरी गरी ल्याई लुकाई छिपाई राखेको खुलेपछि उनिहरुलाई नियन्त्रण लिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.