मोटरसाइकल चोरीमा संलग्न तीन पक्राउ

मोटरसाइकल चोरीमा संलग्न तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३९ बर्षका नकुल रुम्बा तामाङ, मकवानपुर हेटौडा उपमहानगरपालिका १ बस्ने ३४ बर्षका रमेश लामा र हेटौंडा १० बस्ने ५० बर्षका अमितकुमार थापालाई पक्राउ गरेकाे हाे।

जेठ २२ गते राति साढे ८ बजेतिर वीरगञ्ज महानगरपालिका १५ बसपार्कबाट बा ४८ प १८४५ नम्बरको मोटरसाइकलको लक तोडेर चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हाे ।

उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.