३ लाख १३ हजार रुपैयाँ लुटपाट

३ लाख १३ हजार रुपैयाँ लुटपाट

प्युठान, झिमरुक गाउँपलिका-६ दहखोला घर भई स्वर्गद्धारी नगरपालिका-२ डेरा गरी बस्ने २३ वर्षीया सुशिला केसीको साथबाट नगद ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ ।

स्वर्गद्धारी नगरपालिका-२ खालमा रहेको सूर्यदय लघु सहकारी संस्थाका कर्मचारी केसीले सोही नगरपालिकाका महिला समूहबाट उक्त नगद संकलन गरी संस्थामा बुझाउन जाँदै गरेको अवस्थामा स्वर्गद्धारी नगरपालिका-२ नयाँगाउ तिम्लेचौर भन्ने जंगलमा २ जना अपरिचित व्यक्तिले उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.