८ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लुटपाट

८ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लुटपाट

काठमाडौं,बुढानिलकण्ठ नगरपालिका-११ कपनस्थित नाक्पु तामाङको घर र सोही घरमा रहेको दर्शन मेडिकलबाट आइतबार बिहान करिब ८ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको छ ।

धारिलो हतियार सहित ४/५ जनाको समूहमा आएका लुटेराहरुले तामाङको घरबाट सुनका बिभिन्न गहना, बिभिन्न कम्पनीका मोबाइलहरु र नगद ३ लाख ६३ हजार रुपैयाँ समेत गरी उक्त रुपैयाँ बराबरको धनमाल लुटपाट भएको हाे ।

प्रहरीले लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलस्थित अत्तरखेल बहुउदेश्य सहाकरी संस्थाबाट शनिबार राति नगद ३ लाख रुपैयाँ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.