छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

टोखा नगरपालिका-८ स्थित डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-८ घर भएका ३० वर्षीय वीर बहादुर तामाङको कोठाबाट नगद १५ हजार रुपैयाँ र सुनका विभिन्न गरगहना २ तोला समेत गरी करिब १ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-७ गंगाहिटी चोकस्थित रामेछाप सुनपती गाउँपालिका घर भएका ३५ वर्षीय राजेश खड्काको अनु खाद्य स्टोर तथा किरना पसलबाट नेपाल टेलिकम र एनसेलको १५ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, अन्दाजी ४० हजार मूल्य बराबरको चुरोट, नगद २५ हजार रुपैयाँ, मुक्तिनाथ बैंकको ३ लाख रुपैयाँको चेक र नेपाल राष्ट्र बैंकको ६ लाख ५० हजार रुपैयाँको चेक समेत सोमबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.