सुनको सिक्री लुटपाट

सुनको सिक्री लुटपाट

काठमाडौं महानगरपालिका-३ बसुन्धारा चोकबाट बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौडा बस्ने ५५ वर्षीया तिन कुमारी गुरुङको २ तोलाको सुनको सिक्री सोमबार दिउँसो लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको बुढानिलकण्ठ यातायात बसबाट ओर्लने क्रममा सोही बसमा सवार ४ जना अपरिचित व्यक्तिहरुले घाँटीमा लगाएको उक्त सुनको सिक्री लुटी फरार भएको बताइएको छ ।

यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने ताप्लेजुङ घर भएकी ५२ वर्षीया लमु शेर्पाको सुनको सिक्री २ तोलाको १ थान सोमबार बेलुका लुटपाट भएको ।

हाल नम्बर नखुलेको निलो पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले गलामा लगाएको उक्त सुनको सिक्री लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्ने व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.