यात्रु लुट्न खोज्ने लुटेरा पक्राउ

यात्रु लुट्न खोज्ने लुटेरा पक्राउ

म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा जीपमा सवार यात्रु लुट्न खोज्ने ३ जना लुटेरालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले म्याग्दी रघुगंगा गाउपालिका १ का यनज पूर्जा, म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका समिट पुन र पर्वत जलजला गाउँपालिका १ का कुशल पाइजालाई पक्राउ गरेकाे हाे ।

उनिहरुले पोखरादेखि मुस्ताङको लोमान्थाङतर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको भाडाको जीप रोकेर ३ बजेतिर लुटेराले यात्रुको सामान लुटपाट गरेका हुन् । जीपमा सवार ६ जना यात्रु लोमान्थाङ गाउँपालिका २ छोसेर निवासी हुन् ।

पक्राउ परेका ३ जना लुटेराको समूहलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको म्याग्दी प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.