मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ४ पक्राउ

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ४ पक्राउ

प्रहरीले भक्तपुरबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ४ जनालाई आइतबार राति पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका-२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.९७ प १२१५ नम्बरको मोटरसाइकल चोरी गरी लाँदै गरेको अबस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.