छुट्टाछुट्टै स्थानबाट बिभिन्न धनमाल चोरी

छुट्टाछुट्टै स्थानबाट बिभिन्न धनमाल चोरी

काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी बस्ने भिमानन्द पाण्डेको घरबाट नगद १० हजार रुपैयाँ र करिब ५ तोला सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थान डेरा गरी बस्ने महोत्तरी घर भएका मधुकर चौधरीको कोठाबाट नगद ६० हजार रुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख १० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.