काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी भएकाे छ ।

काठमाडौं महानगरपालिका-३ बसुन्धरा डेरा गरी बस्ने ४० वर्षीया यमा लामाको कोठाबाट सुनका गरगहना १.५ तोला र नगद १५ हजार रुपैयाँ समेत गरी करिब १ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ बिजयश्वरीस्थित डेरा गरी बस्ने रामेछाप सुनछहारी गाउँपालिका-९ घर भएकी ३५ वर्षीया नन्दा मगरको कोठाबाट नगद ३० हजार रुपैयाँ र सुनका गरगहना २ तोला समेत करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-४ धोबिघाट डेरा गरी बस्ने दर्शन बहादुर बन्धनको कोठाबाट करिब १ लाख ६८ हजार ७ सय ५० रुपैयाँ मुल्य बराबरको सुनका गरगहना २.५ तोला बुधबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.