काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं,टोखा नगरपालिका-८ मिलनटोल डेरा गरी बस्ने अर्घाखाँची नालारनी गाउँपालिका घर भएका थमन बहादुर क्षेत्रीको कोठाबाट सुनका विभिन्न गरगहना र नगद ७० हजार ५ सय रुपैयाँ समेत गरी करिब १ लाख ३० हजार ५ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-३२ बस्ने ५० वर्षीया मन्जु केसीको घरबाट सुनका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ समेत गरी करिब ३ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-२ ईमाडोल खरीबोट डेरा गरी बस्ने बाग्मती गाउँपालिका घर भएका कमल प्रसाद घिमिरेको कोठाबाट नगद ४७ हजार रुपैयाँ र सोही ठाउँ डेरा गरी बस्ने भगवती श्रेष्ठको कोठाबाट नगद १७ हजार रुपैयाँ तथा सुनको नौगेडी १ थान समेत गरी करिब १ लाख २४ हजार रुपैयाँ बराबरको धनामल बिहीबार दिउँसो चोरी भएको
छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.