चितवनबाट चोरीका २६ मोटरसाइकलसहित चार जना पक्राउ

चितवनबाट चोरीका २६ मोटरसाइकलसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका २६ मोटरसाइकलसहित चार जनालाई शनिबार दिउसाे पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई भरतपुर महानगरपालिका वडा नं २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवनका रोहित श्रेष्ठ, बाराका कृष्ण शाह र महावीर चौधरी तथा भारतीय नागरिक राजा कुमार रहेका छन् । उनीहरु लामो समयदेखि देशका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ ।

प्रहरीले वर्कशपबाट २६ वटा विभिन्न कम्पनीका मोटरसाइकल,इञ्जिन नभएका च्यासिस आठ थान,विभिन्न व्यक्तिका नाममा रहेका ५३ थान ब्लुबुकसमेत बरामद गरेको प्रहरीले जनाएकाे छ ।

श्रेष्ठले चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखि गुण्डा नाइकेसम्म सेटिङ मिलाएर मोटरसाइकलको अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.