सप्तरीमा एकै रात ५ घरमा चोरी

सप्तरीमा एकै रात ५ घरमा चोरी

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति ५ घरमा चोरी भएको छ।

वडा नम्बर २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।मुलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद ४० हजार रुपैयाँ, चाँदीको ८ तोलाको पाउजु र ५ तोलाको ब्रासलेट, मोबाइल र टर्च चोरी भएको छ।

यसैगरी कैलु चौधरीको घरबाट नगद ५ हजार रुपैयाँका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले बताइन्। जङ्गल राम, झमेली सदाको एकरएक थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद ५ हजार रुपैयाँ लगेको पीडितले बताएका छन्।

केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ। एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन्।

चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.