काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-७ चावहिल डेरा गरी बस्ने मोरङ ताखी सुनवारी घर भएकी निनिता गुरुङको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ ढुंगेधारा बस्ने रगत मान श्रेष्ठको घरबाट असर्फीको माला १ थान, सुनको नेकलेस १ थान, लकेट १ थान र तिलहरी १ थान समेत गरी करिब ४ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१८ महोमार्ग बस्ने रत्नलाल शाक्यको घरबाट सुनको चुरा १ जोर, औंठी ३ थान, ल्यापटप १ थान र नगद २० हजार समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.