सुनको सिक्री लुटपाट

सुनको सिक्री लुटपाट

काठमाडौं, नागार्जुन नगरपालिका-३ मिलन चोक बस्ने ३६ वर्षीया निर्मला घिमिरेले लगाएको २ तोलाको सुनको सिक्री  लुटपाट भएको छ ।

उहाँले गलामा लगाएको सुनको सिक्री सोमबार दिउँसो लुटपाट भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले घिमिरेले घाँटीमा लगाएको उक्त सिक्री लुटी फरार भएको घिमिरेको भनाइ उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

लुटपाटमा संलग्न फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.