वर्ल्डलिंकको सामान चोरी गर्ने चार पक्राउ

वर्ल्डलिंकको सामान चोरी गर्ने चार पक्राउ

काठमाडौँ उपत्यकामा गुडिरहेको गाडीबाट विभिन्न सामानहरु चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नपा–४ का ३३ वर्षीय हरिकृष्ण तिवारी, सोही ठाउँका २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अब्य तुलाधर र जुम्ला जिल्लाको सिंजा धापा घर भइ काठमाडौं बस्ने वर्ष २५ को हरी शर्मा रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले १६ लाख ८० हजार एक सय ६३ रुपैयाँ बराबरको तीन कार्टुन इलेक्ट्रिक सामान पनि बरामद गरेको छ ।

खोजतलासका क्रममा सामान सहित चोरीमा संलग्न व्यक्तिहरु बिहीबार पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.