सडकमा रोकी राखेको गाडीको टायर चोरी गर्दागर्दै एक युवक पक्राउ

सडकमा रोकी राखेको गाडीको टायर चोरी गर्दागर्दै एक युवक पक्राउ

पूर्वपश्चिम राजमार्ग अन्तरगत हटौंडा नगरपालिका–१५ स्थित बिग्रिएर सडकमा रोकेर राखिएको गाडीको टायर चोरी गर्दागर्दै एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरको टोलीले आइतबार राति ८ बजे टायर चोरी गर्दागर्दै चितवन खैरहनी नगरपालिका-१३ घर भएका २६ वर्षीय दिपेन्द्र भट्टराईलाई पक्राउ गरेकाे हाे ।

भट्टराईले राजमार्गमा बिग्रिएर रोकी राखेको एनएल०१डी ८०३१ नम्बरको भारतीय गाडीमा लिबर र ह्विल पाना प्रयोग गरी टायर चोर्न थालेका थिए।

पक्राउ परेका भट्टराई नजिकै रोकेर राखेको ना३ख ८०३६ नम्बरको गाडीका चालक भएको प्रहरीले जनाएको छ। प्रहरीले उनिमाथी अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.