काठमाडौंकाे विभिन्न ठाँउबाट नगद तथा सुनका गरगहना चोरी

काठमाडौंकाे विभिन्न ठाँउबाट नगद तथा सुनका गरगहना चोरी

काठमाडौंकाे विभिन्न ठाँउबाट नगद तथा सुनका गरगहना चोरी भएकाे छ ।

काठमाडौं,तारकेश्‍वर नगरपालिका-१ मनमैजु बस्ने दिपक थापाको घरबाट करिब २ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको सुनका विभिन्न गरगहना बुधबार दिउँसो चोरी भएको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ तिनथाना बस्ने दुर्गा बहादुर बमको टहराबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-७ चाबहिल बुलबुले डेरा गरी बस्ने मोरङ बिराटनगर घर भएका प्रदिपराज दाहालको कोठाबाट नगद ३० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करिब ३ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.