महाबौद्ध गुम्बाकाे दानपेटिकासहित मूर्ति चोरी

महाबौद्ध गुम्बाकाे दानपेटिकासहित मूर्ति चोरी

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिनुभयो । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उहाँले बताउनुभयो ।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उहाँले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताउनुभयो । बिहान ४ बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.