काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ ।

काठमाडौं,काठमाडौं महानगरपालिका-३२ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-९ घर भएका ३१ वर्षीय प्रज्वल घिमिरेको कोठाबाट सुनका बिभिन्न गरहना र मोवाइल १ थान समेत गरी करिब १ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलनचोक बस्ने सरु आचार्यको घरबाट नगद तथा सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

काठमाडौं, टोखा नगरपालिका-९ स्थित मोरङ पर्वत धौलागिरी गेष्ट हाउसको कोठा नम्बर १२१ मा बस्ने ईलाम पञ्जली घर भएको मधुमाया तामाङको नगद ९७ हजार रुपैयाँ र मोवाइल समेत गरी १ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

ललितपुर, गोदावरी नगरपालिका-१ दमाईटारस्थित कोपिला बाल गृहबाट नगद २ लाख ९० हजार रुपैयाँ र सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब ६ लाख १ हजार रुपैयाँ बराबर धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.