डान्सबारमा भारतीय नागरिकलाई लुटेको आरोपमा चार जना पक्राउ

डान्सबारमा भारतीय नागरिकलाई लुटेको आरोपमा चार जना पक्राउ

प्रहरीले काठमाडौँस्थित एक डान्सबारबाट भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैँसेपाटी डेरा गरी बस्ने नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मग्रराती, गोरखा घर भएका ३१ वर्षीय शिव थापा र मोरङ घर भएका १९ वर्षीय अभिषेक राई रहेका छन् ।

काठमाडौं महानगरपालिका–१ हात्तिसारस्थित फोकस डान्सबारमा भारत उत्तराखण्ड घर भएका गणेश सिंह बगडवाल लगायत ७ जनाको साथमा भएको ९० हजार भारतीय रुपैयाँ लुटपाट गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हाजर ९ सय २० नेपाली रुपैयाँ समेत प्रहरीले अनुसन्धानका लागि बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.