ट्राफिक प्रहरीद्धारा हराएका २१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीद्धारा हराएका २१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २१ मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको अनामनगर, ताल्छीखेल, पशुपति, बागडोल, टेकु, बसुन्धारा, न्यूरोड, नयाँ बानेश्वरलगायत क्षेत्रबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए ।

महाशाखाले चालू आर्थिक वर्षमा मात्र १७७ हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.