मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

प्रहरीले काठमाडौंबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ रहेका छन् ।

उनलाई महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी डोर्‍याएर ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो ।

तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.