छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

काठमाडौं र सर्लाहीकाे छुट्टाछुट्टै स्थानबाट बिभिन्न धनमाल चाेरी भएकाे छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित ग्लोबल ब्वाईज होष्टलमा बस्ने दैलेख भगवतीमाई गाउँपालिका-७ घर भएका दिनेश खड्का र रमेश कुमार थापाको कोठाबाट ल्याप्टप १ थान, मोबाइल १ थान र १ तोलाको सुनको सिक्री समेत गरी करिब १ लाख ४४ हजार रुपैयाँ
बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने उदयपुर घर भएकी शिला विष्टको कोठाबाट नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब १ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१४ श्रीनगरस्थित जनता माबिको कम्प्युटर कोठाबाट डेक्सटप कम्प्युटर १० थान चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.