छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

काठमाडौं, ललितपुर र भक्तपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ ।

काठमाडौं, टोखा नगरपालिका-६ मिलनटोल डेरा गरी बस्ने ओखलढुङ्गा घर भएकी २९ वर्षीया मिना नेपालीको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनका बिभिन्न गरगहनाहरु समेत गरी करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिकान.पा-१४ शिबचोक बस्ने सिशन चित्रकारको घरबाट नगद ९ लाख रुपैयाँ तथा सुनका गरगहना समेत गरी करिब १० लाख ५५ हजार रुपैयाँ बराबरको धनामाल बिहीबार दिउँसो चोरी भएको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-७ जगाती बस्ने कुमार ग्वाठाको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरु गरी करिब ४ लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.