लाजिम्पाटबाट नगद र सुन तथा चाँदीका गहना चोरी

लाजिम्पाटबाट नगद र सुन तथा चाँदीका गहना चोरी

काठमाडौंकाे लाजिम्पाटबाट आइतबार राति नगद र सुन तथा चाँदीका गहना चोरी भएकाे छ ।

काठमाडौं महानगरपालिका-२९ लाजिम्पाटमा गुल्मी रुरुक्षेत्र गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-५ हाँडीगाँउ बस्ने दिलिप कुमार श्रेष्ठको पबी ज्वलेर्स पसलबाट नगद २ लाख ४५ हजार रुपैयाँ, सुनका विभिन्न गहनाहरु ९८.६८१ तोला र चाँदीका विभिन्न गहनाहरु ४ सय ३४.२६२ तोला समेत गरी ८५ लाख ७३ हजार ४ सय ६५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हाे ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.