छुट्टाछुट्टै स्थानबाट बिभिन्न धनमाल चोरी

छुट्टाछुट्टै स्थानबाट बिभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरकाे छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो बिभिन्न धनमाल चोरी भएकाे छ ।

काठमाडौं,काठमाडौं महानगरपालिका-४ पानीपोखरीमा डेरा गरी बस्ने तनहुँ चन्द्रावती नगरपालिका-१३ घर भएका कमलहरी जिसीको कोठाबाट १ तोलाको सुनको औंठी, १ थान घडी र नगद ५२ हजार रुपैयाँ समेत गरी १ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धीस्थित निरन्जन बरालको घरबाट १.५ तोला सुनका विभिन्न गहना गरी करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.