
चोरीमा संलग्न ६ जना पक्राउ
नेपाल प्रहरीले चोरी कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका–१५ तिनथानास्थित राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् ।
पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कविता मगरलाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट, विमला तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका–३ चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अरु समाचार
डाँका चोरीमा संलग्न तीन जना पक्राउ
डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...