चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

चागुँनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय कपिलदेव सुकमनीलाई धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा सामान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–९ ताथली बस्ने हिरा बहादुर राउतको घरको मुल ढोकाको ताल्चा र ३ वटा दराज समेत तोडफोड गरी नगद ६५ हजार ७ सय रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करीव ४ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा उनलाई उक्त सामान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.