१० लाख रुपैयाँ नगद लुटपाट

१० लाख रुपैयाँ नगद लुटपाट

 

बलेफी गाउँपालिका-५ स्थित चौह्रत्तरकिलोबाट सुनसरी धरानबराह नगरपालिका-१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ मंगलबार दिउसो लुटपाट भएको छ ।

बा.८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा आई खाजा खाईरहेको अवस्थामा अचानक ३ जना अपरिचित व्यक्तिहरुले रडले प्रहार गरी साथमा रहेको उक्त रकम लुटी फरार भएको बताइएको छ । घिमिरेको काठमाडौं अनामनगरमा सुन पसल रहेकोले सुन खरीद गर्नका लागि उक्त रकम साथमा लिएर हिँडेको खुल्न आएको छ ।

फरार लुटेराहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.