नगद लुटपाट

नगद लुटपाट

कल्याणपुर नगरपालिका-३ इटारी प्रसाही बस्ने रामदेव मण्डलको घरबाट नगद १ लाख, १८ तोला सुन, ७ सय ग्राम चाँदी, तम्सुक(कपाली कागज) ऋण दिएको फाइल र सोको रजिष्टर समेत बुधबार राति लुटपाट भएको छ ।

बाँसको भर्याङ प्रयोग गरी छतमाथिबाट घरभित्र प्रवेश गरेका १०/१५ जनाको अज्ञात समूहले हतियार देखाई लुटपाट गरेको बताइएको छ । प्रहरीले खोजि गर्ने क्रममा सोही ठाउँमा २ थान कटुवा पेस्तोल र २ राउण्ड गोली समेत फेला पारेको छ ।

फरार लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.