सेनापति थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच शिष्टाचार भेटवार्ता

सेनापति थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालले सोमबार जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीचमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको दाबी छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.