
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई पहिलो सम्बोधन गरेका छन।
नवनियुक्त प्रधान सेनापति महारथी शर्माले जंगी अड्डास्थित सभामण्डपमा सकलदर्जाहरुलाई सम्बोधन गरेका हुन । सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकताहरु र आगामि कार्यदिशाका बारेमा जानकारी गराउनुका साथै सकलदर्जाहरुलाई निर्देशन दिएका थिए ।
नेपाली सेनाका सबै युनिटहरुमा Live Multicast गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिती रहेको थियो । सम्बोधन कार्यक्रम पश्चात उनले “Leaders’ Reading Collection-2078” संग्रहको विमोचन गरेर उक्त संग्रहको उत्कृष्ट लेखकहरुलाई पुरस्कार तथा प्रमाण-पत्र समेत वितरण गरेका थिए।
उक्त सम्बोधन पूर्व पदबहालीको शुभ अवसरमा जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भिन्न क्षमता भएका नेपाली सेनाका सवारी चालक अनुमति प्राप्त ७ जना सकलदर्जालाई चारपाङ्ग्रे स्कुटर तथा सवारी चालक अनुमति नभएका १९ जनालाई जनही रु.१ लाख ४० हजारका दरले आर्थिक राहत समेत वितरण गरेका थिए।
अरु समाचार
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...
सेनाको बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ...
पाली सेनाको मेकानाईज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरु Armored Person...