मोरङमा सेनाले बनायो २ सय बेडको क्वारेन्टाइन
कोरोना भाइररसको सङ्क्रमणको शङ्का लागेकाहरूलाई राख्न नेपाली सेनाले मोरङको मिक्लाजुङ गाउँपालिकामा २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
प्रदेश सरकारले यहीँ फागुन २९ गते मन्त्रिपरिषद् बैठकबाटै कोरोना भाइरसको सङ्क्रमण विरुद्धको कार्य योजनामा मिक्लाजुङ र सुनसरीको श्रीलङ्का टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।
सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ ५ टाँडीमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो । सेनाले १०० वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको नेपाली सेनाका २ नम्बर बाहिनी पति यामप्रसाद ढाकाले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाको टोलीले दुई दिन लगाएर क्वारेन्टाइन निर्माण गरेको हो । तत्कालकोलागि २ सय बेड रहने बनाएको र आवश्यकता अनुसार थप गर्न सकिने उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को मापदण्ड अनुसार क्वारेन्टाइन स्थल बनाएको जानकारी दिँदै सेनाले त्यसमा प्राविधिक र अन्य जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने बताएको छ । यो संगै झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहने गरी क्वारेन्टाइन बनाएको पूर्वी पृतना मुख्यालयले जनाएको छ ।
अरु समाचार
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...