बैतडी कारागार सुरक्षाको जिम्मा सेनालाई
कारागार कार्यालय बैतडीको सुरक्षामा शुक्रबारदेखि नेपाली सेना परिचालन गरिएको छ ।
कारागार र विकास आयोजनासहित महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयअनुसार नै सेनालाई परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
कारागार सुरक्षाको जिम्मा बैतडीमा रहेको हनुमानध्वज गुल्मका सेनालाई दिइएको हो । केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला कारागारको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय गरिएको थियो ।
यसअघि कारागारको सुरक्षा दिइरहेका नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रण क्षेत्रमा खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी बताए ।
नेपाल सरकारले अर्को व्यवस्था नगर्दासम्म जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रणको क्षेत्रमा परिचालन र सेनालाई कारागार र जलविद्युत्को क्षेत्रको सुरक्षालगायत महत्त्वपूर्ण प्रतिष्ठानमा पठाउने निर्यण यसअघि नै गरिसकेको थियो ।
अरु समाचार
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...