नेपाली सेनाका उपरथी गौरव तण्डुल रथीमा बढुवा

नेपाली सेनाका उपरथी गौरव तण्डुल रथीमा बढुवा

नेपाली सेनाका उपरथी गौरव तण्डुल रथीमा बढुवा भएका छन् ।

गत मंगलबार  प्रधानमन्त्री निवास बालुवाटारमा  वसेको मन्त्रिपरिषदको वैठकले टण्डुललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता एबम्  सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदको वैठकले टण्डुललाई रथीमा बढुवा गर्ने निर्णय गरेको बताउनु भयो ।

सेनामा बलाध्यक्षरथी र बलाधिकृतरथी गरी दुई रथीको दरबन्दी रहेने व्यवस्था छ। रथीमा बढुवा भएसंगै तण्डुल सेनाको बलाध्यक्षरथी बनेका छन् । यसअघि  सेनाका रथी हेमन्त कुँवरले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उनको ठाउंमा टण्डुलको बढुवा गरिएको  हो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.