स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु

स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु

सिरहामा स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका वडा नं. ४ तेनुवापट्टीका विरेक्षण यादवकाे घरमा चोरी गरेको आरोपमा स्थानीयले वैशाख २८ गते राती विजुली पोलमा बाँधेर साेही गाउका २२ वर्षीय अनिस कुमार सिंहाईलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउँसो काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखदर्शक भएको पीडित पक्षले आरोप लगाएका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गरेका छन् ।

यसैबीच घटनाको विरोधमा सोहपुरका स्थानीयवासीले अबरुद्ध गरेको सिरहाको सुखीपुर–बरियारपट्टी सडकखण्ड दोषीलाई पक्राउ गरी कारवाही गर्ने प्रतिबद्धतापश्चात सञ्चालन भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.