सेनाको हेलिकप्टरमार्फत सगरमाथाको फोहोर काठमाडौंमा

सेनाको हेलिकप्टरमार्फत सगरमाथाको फोहोर काठमाडौंमा

सगरमाथा बेस क्याम्पमा भएको फोहोर संकलन गरी सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

गत वैशाख १ गते लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा बेसक्याम्पको फोहोर संकलन कार्य थालिएको थियो।

बेस क्याम्प १, २, ३, ४ हुँदै साउथकोलसम्मको नकुहिने प्रकृतिको १ हजार केजी फोहोर संकलन गरी नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत काठमाडौं ल्याई ब्ल्यू ओष्ट टु भ्यालुलाई हस्तान्तरण गरिएको छ।

संकलन भएको फोहोरमध्ये ११ हजार केजी सड्ने र गल्ने प्रकृतिको भएकाले स्थानीयस्तरमै व्यवस्थापन गरिएको छ।

विश्व वातावरण दिवसको अवसर पारेर संकलित फोहोर हस्तान्तरण गरिएको हो।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.