प्रधानसेनापतिद्वारा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्‍नति हुनु भएका श्री स्थपति निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी श्री कमाल सिंह प्रधानलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

साथै,प्राविधिक उपरथी दर्जामा पदोन्न ति हुनु भएका प्राविधिक उपरथी श्री प्रधानलाई श्री ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ ।

उक्त दर्ज्यानी चिन्ह प्रदानको कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थित रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.