नेपाली सेनाका तीन महासेनानी सहायक रथीमा बढुवा

नेपाली सेनाका तीन महासेनानी सहायक रथीमा बढुवा

सरकारले नेपाली सेनाका तीन महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई बढुवा गरेको हो ।

प्राविधिक सहायक रथी कमाल सिंह प्रधान, शरदलाल श्रेष्ठ र किरण श्रेष्ठ पदोन्नती गरी पदस्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधी मन्त्री गोकुल बाँस्कोटाले बिहीबार उक्त जानकारी दिएका हुन् ।

प्राविधिकतर्फका महासेनानी (कर्णेल) डा. मुकुन्द सिंह श्रेष्ठ र डा. सुनिता पन्तको महासेनानी (कर्णेल)मा पदोन्नती भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।यसैगरी, सरकारले नेपाली सेनाकै प्राविधिक सहायक रथी (बिग्रेडियर जनरल) डा. अरुणकुमार न्यौपानेलाई सरुवा गर्ने निर्णय गरेको छ ।

यसअघि नेपाली सेनाको हेडक्वार्टरमा कार्यरत उनलाई सैनिक अस्पताल छाउनीमा सरुवा गरिएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए । यसैगरी, १६ जना सहायक रथीको सरुवा भएको छ ।

यसैगरी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धि छानबिन समितको प्रतिवेदन कार्यान्वयन गर्न गठिन नेपाल प्रहरीको सीआइबीको छानविन समितको म्याद २८ साउनसम्म थप गर्ने निर्णय गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.