प्रधानसेनापति थापा अमेरिका जाँदै

प्रधानसेनापति थापा अमेरिका जाँदै

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा अमेरिका भ्रमण जाने भएका छन् ।संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा असार २३ गते अमेरिका जान लागेका हुन् ।

ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी (डब्लुपिएस) सिएचओडिएस नेटवर्क मिटिङमा उनले सहभागिता जनाउने छन्। त्यस्तै असार २६ गते राष्ट्रसंघले गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुने बताइएको छ।

भ्रमणको दौरान प्रधानसेनापति थापाले डिपार्टमेन्ट अफ डिफेन्समा अमेरिकी आर्म्ड फोर्सका उपाध्यक्षसहित विभागअन्तर्गतका पदाधिकारीहरुसँग भेटवार्ता गर्ने छन्। थापा साउन १ गते स्वदेश फिर्ता हुने जङ्गी अड्डाले जनाएको छ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने स्रोतले बताएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.