प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान

प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन मित्रराष्ट्र संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ ।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी (डब्लुपिएस) सिएचओडिएस नेटवर्क मिटिङमा सहभागी हुन साेमबार विहान ४ सदस्यीय भ्रमण दलका साथ अमेरिका प्रस्थान गर्नुभएको हाे ।

अमेरिका भ्रमणको क्रममा प्रधानसेनापति थापाले डिपार्टमेन्ट अफ डिफेन्समा अमेरिकी आर्म्ड फोर्सका उपाध्यक्षसहित विभागअन्तर्गतका पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ‍

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधानसेनापति थापाको अमेरिका भ्रमणको अवधिभर उँहाको अनुपस्थितीमा बलाधिकृत रथी श्री शरद कुमार गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अमेरिका भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमण दल श्रावण ०१ गते  स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.