बाढी/पहिरो पिडीतहरुको उद्धारमा नेपाली सेना परिचालन

बाढी/पहिरो पिडीतहरुको उद्धारमा नेपाली सेना परिचालन

देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्नो स्थानहरुमा आएको बाढी/पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि नेपाली सेनाले विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट उक्त क्षेत्रहरुमा आवश्यक उद्धार सामग्रीहरुका साथ फौज परिचालन गरेको छ ।

उद्धार कार्यको लागि नेपाली सेनाका विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट २२ जिल्लाको ४८ स्थानमा विभिन्नक किसिमका डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामाग्रीसहित ८१०० फौज परिचालन भई खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्द निर्माण, हवाई साधनबाट राहत सामाग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरु सुचारु गर्ने कार्य लगायत अन्य मानविय सहयोगका कार्यलाई तिव्रताका साथ निरन्तरता दिई रहेको छ ।

बाढी/पहिरोबाट अति प्रभावित क्षेत्रहरुमा हालसम्म नेपाली सेनाले ४९५ जनाको सकुशल उद्धार गरिएको छ । उक्त बाढी/पहिरोमा परी मृत्यु भएका १२ जनाको शव निकालिएको र १५ जना बेपत्ता भएका व्यक्तिहरुको खोजकार्यलाई जारी राखिएको छ ।

ईलाम, धनकुटा, तेह्थुम, काभ्रेपलाञ्चोक, भक्तपुर, रसुवा, रुपन्देही, बर्दिया र डोल्पा जिल्लामा खट्टिएका फौजबाट पहिरो पन्छाई खोज तथा उद्धार कार्यको अतिरिक्त अवरुद्ध सडकलाई सुचारु गर्ने कार्य गरीरहेको छ । यसै गरी मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा, दाङ, ललितपुर, र काठमाण्डौ जिल्लामा खट्टिएका फौजले खोजी तथा उद्धारको अतिरिक्त थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्द निर्माण कार्यमा सहयोग पुर्याई रहेको छ ।

सप्तरी जिल्लाबाट खट्टिएको फौजले ८५ घर परिवारलाई खाद्यन्न लगायतका राहत सामाग्रीहरु वितरण गर्नुको साथै उदयपुर जिल्लाबाट खट्टिएको फौजले मेडिकल क्याम्प खडा गरी स्थानीयलाई उपचारको प्रबन्ध गरेको छ । त्यसको साथै बाढीबाट सिराहा जिल्लास्थित कमला नदीमा क्षति पुगेको हुँदा बाँध बाँधी क्षतिको जोखिमलाई न्युनिकरण गर्न सिराहा जिल्लाबाट फौज खट्टिई रहेको छ।

नेपाली सेनासंग भएका विपद्‌को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषा (धारापानी) र काठमाण्डौमा हेलिकोप्टर स्टयाण्डवाईमा रहनुको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटहरुमा आपतकालिन उद्धार सामग्रीसहित Combat Quick Reaction Team (CQRT) तयारी हालतमा राखिएको ।साथै गृह मन्त्रालयबाट बाढी/पहिरो प्रभावित ईलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.